ScreenFlicks Nepal
Skip to Content

कपिलवस्तुकी गङ्गा भुसाल पौडेल भाद्र २३ देखि हराइन्, परिवारले सहयोगको अपील

कपिलवस्तु नगरपालिका–११ पचेरा वन गाईकी गङ्गा भुसाल पौडेल २०८२ भाद्र २३ गतेदेखि हराएकी छन्। परिवारले उनको खोजतलास जारी रहेको र जो कसैसँग जानकारी भए सम्पर्क गरिदिन आग्रह गरेको छ।
September 10, 2025 by
Hemant Nath
काठमाडौँ
कपिलवस्तु नगरपालिका–११, पचेरा वन गाई निवासी गङ्गा भुसाल पौडेल २०८२ साल भाद्र ३ गतेदेखि घरबाट हराएकी छन्। परिवारका अनुसार उनी सो दिन घरबाट नदेखिएकी र त्यसयता हालसम्म पनि सम्पर्कमा नआएकी हुनाले खोजतलास जारी रहेको छ।

परिवारका सदस्यहरुले स्थानीय प्रहरी, छिमेकी तथा आफन्तहरूसँग निरन्तर खोजी कार्य गरिरहेको बताए पनि अहिलेसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।

गङ्गा भुसाल पौडेल अचानक सम्पर्कविहीन भएपछि परिवार गहिरो चिन्तामा परेको छ। परिवारका आफन्तले उनको सुरक्षित फिर्तीको अपेक्षा राख्दै सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेका छन्।

“हामी अहोरात्र खोजिरहेका छौँ, तर कतैबाट पनि जानकारी आएको छैन। जो कसैलाई देखिएको वा थाहा भएको खण्डमा तुरुन्तै सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौँ,” परिवारका एक सदस्यले बताएका छन्।

यदि कसैले गङ्गा भुसाल पौडेललाई देख्नुभएको वा उनको अवस्थाबारे थाहा पाउनुभएको खण्डमा तल दिइएको नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छः

📞 सम्पर्क नम्बर: ९८६३७७२९६१





Hemant Nath September 10, 2025
Share this post
Tags
ScreenFlicks Nepal